विदेशबाट आएका ५३ जनाको रिपोर्ट नेगेटिभ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विदेशबाट आएका ५३ जनाको रिपोर्ट नेगेटिभ

corona-test

भक्तपुर, ४ वैशाख । मध्यपुरथिमि नगरपालिकामा विदेशबाट फर्किएका ५३ जनाको कोरोना परीक्षण गरेको छ ।

नगरपालिकाले स्वास्थ्यकर्मी परिचालन गरी घर–घरमै क्वारेन्टाइनमा बसेका व्यक्तिको नमुना संकलन गरी कोभिड–१९ को संक्रमण भए/नभएको परीक्षण गरेको हो ।

नगरपालिकाले परीक्षण गरेकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. ज्ञानकृष्ण कायस्थले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण फैलिएपछि विभिन्न १५ देशबाट फर्किएका ५३ जनाको परीक्षण गरिएको र कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको अस्पतालले जनाएको छ ।

नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालमा आरडिटी र पिसिआर दुवै विधिबाट कोभिड–१९ को परीक्षण हुन्छ । नगरपालिकाले उच्च जोखिममा रहेका नगरवासीको समुदायमा आधारित भएर कोभिड–१९ को परीक्षण र निगरानीसमेत सुरु गरेको मेयर मदनसुन्दर श्रेष्ठले बताए ।

उनका अनुसार नगर अस्पतालमा बायोसेफ्टी दुई लेभलको मलिकुलर प्रयोगशाला छ । अस्पतालमा १६ बेडको आइसोलेसन वार्ड तयार गरिएको छ । थप २० बेडको क्वारेन्टाइन तयारी अवस्थामा छ । नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);