झापामा क्वारेन्टाइनमा बसेका ४९ जनामा कोरोना भेटिएन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

झापामा क्वारेन्टाइनमा बसेका ४९ जनामा कोरोना भेटिएन

jhapa corona

खगेन्द्र घिमिरे
झापा, २९ चैत । झापाको तीन क्वारेन्टाइन र एक आइसोलेसनमा ४९ जनाको विहीवार र्या्पिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका सबै नमुनामा नेगेटिभ रिपोर्ट आएको छ ।

कोरोना भाइरसको द्रुत परीक्षण गर्ने यो नयाँ विधि हो । यसको अर्थ परीक्षण गरिएका सबै ४९ जनामा कोरोना नभएको पुष्टि भएको छ । झापामा पहिलोपल्ट प्रदेश सरकारले क्वारेन्टाइनमा १४ दिनको बसाई पूरा गरेकाहरुमा आरडीटी किट प्रयोग गरी कोरोनाको जाँच सुरु गरेको हो । यसमा व्यक्तिको रगतको नमुना लिइन्छ ।

आरडीटी किटबाट परीक्षण गरिएकाहरुको रिपोर्ट नेगेटिभ आएको भए तापनि विदेशबाट आएका, धेरै उमेरका र केही मिल्दोजुल्दो लक्षण भएका १८ जना छानेर उनीहरुको थ्रोट स्वाव लिएर परीक्षणका लागि पठाइएको छ ।

थ्रोट स्वावको जाँच प्रदेश नम्बर १ मा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको प्रादेशिक अस्पतालमा मात्र हुन्छ । यसको रिपोर्ट दुई दिनधि आउने बताइएको छ । झापाको नमुना विराटनगरमा जाँचिने बताइएको छ ।

आरडीटी किट लिएर प्रदेश नम्बर १ को प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट चिकित्सकको एक टोली विहीवार झापा आएको थियो । टोली परीक्षणका लागि मेची अञ्चल अस्पताल र चार वटा क्वारेन्टाइनमा पुगेको थियो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयविन्द्र यादवले झापाको भद्रपुरस्थित कलवलगुडी, मेचीनगरको धाइजन र आदर्श माविको क्वारेन्टाइनमा बसेकाहरुको स्वाबको नमुना लिइएको र आरडीटी गरिएको बताए । मेची अञ्चल अस्पतालको आइसोलेसनमा भएकाहरुको समेत ती परीक्षण गरिएको । टोलीले मेची अञ्चल अस्पतालको आइसोलेसनमा रहेका २ जनाको आरडीटी गरेको थियो भने दुबैको स्वाव समेत लिइएको छ ।

१४ दिन पुगेकाहरुलाई आरडीटी गरेर होम क्वारेन्टाइनमा बस्न अनुमति दिइएको छ । तर उनीहरुले एकहप्ता पछि स्वास्थ्य कार्यालयमा सम्पर्क गर्नु पर्नेछ । निर्देशक यादवका अनुसार स्वाबको नतिजा ३ दिनभित्र स्वास्थ्य कार्यालय झापामा आइपुग्ने छ ।

टोलीले मेचीनगरको आदर्श मावि ईटाभट्टाको क्वारेन्टाइनका ८ जनाको आरडीटी गरेको थियो । सबैको रिपोर्ट नेगेटिभ आए तापनि चार जनाको स्वाबको नमुना समेत लिएको थियो । धाइजनको वडा कार्यालयको क्वारेन्टाइनबाट ७ जनाको आरडीटी गरिएको थियो । सबैको नतिजा नेगेटिभ आएको थियो । तैपनि ३ जनाको स्वाबको नमुना लिइएको छ ।

भद्रपुरको कवलगुडीको क्वारेन्टाइनमा ३२ जनाको आरडीटी गरिएको थियो । सबैको नतिजा नेगेटिभ आएको थियो । तथापि ११ जनाको स्वाब लिइएको यादवले बताए ।

स्वास्थ्य कार्यालय झापाले १५ वटै स्थानीय तहको क्वारेन्टाइनमा बसेका व्यक्तिको आरडीटी तथा स्वाबको नमुना परीक्षण गरिने जनाएको छ । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले चिकित्सकको टोलीले नगरका क्वारेन्टाइनमा बसेका व्यक्तिको रगत परीक्षण गरिएको बताउनु भयो ।

नगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक टिकाराम मंग्रातीले मेचीनगरको क्वारेन्टाइनमा बसेका ७५ जनाकै रगत परीक्षण हुने बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);