नेपालमा कोरोना निको हुनेको संख्या २२ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालमा कोरोना निको हुनेको संख्या २२ पुग्यो

coronavirus recovered

काठमाडौं, २४ वैशाख । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या २२ पुगेको छ ।

बुधवार विराटनगरस्थित कोशी अस्पतालको कोरोना उपचार केन्द्रको आइसोलेसनमा रहेका ६ जना भारतीय नागरिक डिस्चार्ज भएसंगै निको भएर घर फर्किनेको संख्या २२ पुगेको हो । १९ दिनदेखि उपचाररत उनस्हरु बुधबार बिहान डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने ६ जना नै भारतको नयाँदिल्लीका बासिन्दा हुन् । उनीहरुलाई विराटनगर १५ रानीस्थित ‘रानी मरकज’ को क्वारेन्टाइनमा लगेर राखिएको छ । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर पुनः थ्रोट स्वाब परीक्षण गरिने अस्पतालले जनाएको छ ।

डिस्चार्ज भएका ६ जनालाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गमजेर तथा चिकित्सकहरुले फूलमाला दिएर बिदाइ गरेका थिए । प्रदेश १ मा सबभन्दा पहिले संक्रमण पुष्टि भएका १३ जनाको लगातार तीन पटक थ्रोट स्वाब परीक्षण गर्दा डिस्चार्ज भएका ६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । उनीहरुसँगै संक्रमण देखिएका अन्य ७ जनाको तीनै पटकको परीक्षणमा भने ‘पोजिटिभ’ आएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);