भारतबाट पैदल आएका ४० नेपाली कपिलवस्तुमा अपलत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतबाट पैदल आएका ४० नेपाली कपिलवस्तुमा अपलत्र

kapilbastu sima naka

शम्भु माली

कपिलवस्तु, २४ वैशाख । भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि नेपाली स्वदेश फर्कनेक्रम अझै रोकिएको छैन । ती मध्ये केही सीमामा चेकजाँच गराएर भित्रिए, केही लुकीछिपी नेपाल भित्रिएका छन् त अझै धेरै सीमापारी नै अड्किएका छन् । सरकारले सीमामा कडाइ गरेको छ । सरकारी कडाइको बीचमा ४० जना कपिलवस्तुको मर्यादपुर नाकाबाट नेपाल प्रवेश गरेका छन् । नेपाल प्रवेश गरेपनि मर्यादापुरमै अलपत्र परेका छन् ।

यो समुह भारतको दिल्लीबाट ९ दिनको पैदल यात्रा गर्दै भोकसंग लड्दै नेपाल आईपुगेको हो । काम गर्ने कम्पनीले निकाला गरेपछि, उनीहरु बाध्य भएर स्वदेश फर्केका हुन् । उनीहरु भारतका विभिन्न स्थानमा स्वास्थ्य जाँच गराउँर्द नेपाल आइपुगेका हुन् । ९ दिनको कष्टकर पैदल यात्रापछि स्वदेश पुगेका उनीहरुले आफ्नो भूमि टेकेपछि राहत पाउने आशा गरेका थिए । तर,स्वदेश छिरेपनि गास र बासको ठेगान छैन ।तैपनि उनीहरुले नियमअनुसार क्वारेन्टाइनमा बस्न तयार रहेको बताएका छन् ।

कपिलवस्तुको ८ नाका मध्ये मुख्य ३ नाका कृष्णनगर, मर्यादपुर, पिपराबाट चैत महिना देखि हालसम्म २५ हजार बढी नेपाली भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालयले चैत्र १० देखि कपिलवस्तु जिल्ला लकडाउन गरेको छ । लकडाउनका कारण मानवीय चहलपहल ठप्प भएको छ । यता यशोधरा गाउँपालिकाले क्वारेन्टाइन लगायतको व्यवस्थापन गर्न भनेको छ । स्वदेश फर्केका नागरिकलाई व्यवस्थापन गर्न सरकारले पहल गर्नुपर्ने वडाको माग छ ।

लामो सकसपूर्ण पैदलयात्राबाट स्वदेश फर्केका नागरिकलाई सरकारले न्यूनतम शर्त पालना गर्नेगरि क्वारेन्टाइनको व्यवस्था गर्न आवस्यक छ । आवस्यक स्वास्थ्य जाँच गर्दै सुरक्षित रुपमा क्वारेन्टाइनपछि घर फर्कन सक्ने गरि आवस्यक व्यवस्था गर्न पहलको खाँचो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);