भारतको क्वारेन्टाइनमा हजार भन्दा बढी नेपाली, कष्टकर दैनिकी जिउदैँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतको क्वारेन्टाइनमा हजार भन्दा बढी नेपाली, कष्टकर दैनिकी जिउदैँ

Darchula-tyub

काठमाडाैं, २४ चैत । महामारीको सन्त्रासपछि भारतमा ज्याला मजदुरी गर्नेहरु स्वदेश फर्कन खोजेपनि अझै धेरै नागरिक सीमापारी अलपत्र छन् । विदेशमा काम गर्नेहरुमा संक्रमण भेटिएपछि सरकारले स्वदेश फिर्तामा रोक लगाएको छ । स्वास्थ्य परीक्षण गरी उनीहरुलाई निर्वादरुपमा स्वदेश फर्काउन सकिने भएपनि त्यसो हुन सकेको छैन । सीमामा आएर आफ्नै देश चियाउदै अभावमा छटपटिएका छन् नेपालीहरु भारतीय भूमिमा ।

भारतले २४ मार्चदेखि लकडाउन गरेको छ । लकडाउनपछि भारत पूर्णरुपमा ठप्प छ । लकडाउनले विशेष गरि भारतमा रोजगारीका लािग पुगेका नेपाली नागरिक मारमा परेका छन् । उद्योग धन्दा होटेल सेवा क्षेत्र बन्द भएपछि उनीहरुको अगाडि स्वदेश फर्कनुको विकल्प छैन । स्वदेश फर्कन चाहेपनि सरकारले सीमामा रोकेको छ । सीमामा भारतीय क्वारेन्टाइनमा सास्ती खेपिरहेका छन्। लकडाउनपूर्व नेपाल फर्केका नागरिक भारतको पिथौडागढ जिल्लामा हजार भन्दा बढी नेपाली अलपत्र परेका हुन् ।

भारत सरकारले क्वारेन्टाइनमा राखेपनि न्यूनतम प्रावधान पनि नहुँदाहरु दैनिकी कष्टकर छ । अन्य मुलुकले आफ्ना नागरिक धमाधम फर्काइरहदा नेपाली सीमामै थुनिएका छन् । न्यूनतम शर्तमा स्वदेश फर्काउन सकिन्छ । यो कार्य गर्न राज्य चुकिरहेको छ । नागरिकको न्यूनतम अधिकार भएपनि सरकारी पहल पटक्कै छैन । सरकारले यो विषयमा पुर्नविचार गरी नागरिकलाई स्वदेश फर्कने वातावरण हुनुपर्ने नागरिक अगुवाहरुको सुझाव छ ।

सीमामा रहेका नेपाली नागरिक स्वदेश फर्कन चाहान्छन् तर, सरकारले नेपाल फर्काउन आनाकानी गरिरहेको छ । न्यूनतम शर्त पालना गर्ने सहमत भएमा स्वदेश फर्काउन सकिन्छ । तर, सरकारी पहल अपर्याप्त हुँदा उनीहरु अर्काको भूमिमा स्वदेश फर्कन पाइन्छ कि भनेर पर्खाइमा । यद्यपी सरकारले लकडाउनको विशेष अवस्था भएकोले जो, जहाँ छ, त्यही स्थानमा सुरक्षित बस्न आग्रह गरेको छ ।

राज्यको मुल दायित्व आफ्ना नागरिकको सुरक्षा गर्नु हो । विपत्तीकाबेला अझै दायित्व थपिएको छ राज्यमाथि । तर, सरकारले दायित्वको बोध गरेको पटक्कै देखिएको छैन । जसका कारण करिब एक हजार नागरिक भारतीय क्वारेन्टाइनबाट आफ्नो मातृभूमि चियाएर दिन कटाउन बाध्य छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);