लकडाउनले छोएन गाउँघरमा, किसानहरु खेतबारीमा नै व्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लकडाउनले छोएन गाउँघरमा, किसानहरु खेतबारीमा नै व्यस्त

dang

विकास डाँगी
दाङ, २४ चैत । लकडाउन लागु भएदेखि देशभरको बजार सुनसान छ । तर गाउँघरका किसानहरु भने विस्तारै खेतबारीमा व्यस्त हुन थालेका छन् । हिँउदेबाली भित्र्याउने तयारीमा लकडाउन हुँदा दाङको घोराही उपमहानगरपालिकाका किसान भने परिवारका सबै सदस्य सँगसँगै खेतबारीमा पाकेका अन्नबाली तथा नयाँ बालीहरु रोप्नमा व्यस्त भएका हुन् ।

यो समयमा खेतबारीमा आलु, बिभिन्न किसिमका तरकारी, बिकाशे तोरी, केराउ लगाएतका बाली पाक्ने र भित्र्याउने समय हो । लकडाउनको समय सरकारले घरभित्रै बसेर लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेपनि दाङको घोराही उपमहानगरपालिका ६ सौडियारका कृषकहरुलाई भने हिउँदे वाली भित्राउने भ्याइ नभ्याई छ । सरकारले गरेको लकडाउन जनताको सुरक्षाका लागि गरिएको भएपनि खेतबारीमा भित्राउने तयारीमा रहेका फसल यतिकै खेराजाने हुँदा खेतबारीमा जानुको विकल्प नभएको हरबिर चौधरी बताउनुहुन्छ ।

त्यसैगरी खेतीबारीमा काम गर्दा कतिले मास्क,पन्जा र दुरीलाई समेत ध्यान दिने गरेका छन् भने कतिलाई त्यसमा वास्ता पनि छैन् ।आफुलाई त्यस्तो शंका र लक्षण नदेखिएकाले साबधानीका सामाग्री प्रयोग नगरेको घोराही उपमहानगरपालिका १२ साइपुरका धनबहादुर बुढाले बताउनुभयो ।

त्यसैगरी घोराही घोराही उपमहानगरपालिका १६ बाहुनडाँडाका कुसुम चौधरीले कोरोनाको त्रास भएपनि खेतीपाती गर्नु परेको बताउनुभयो । उहाँले कोरोना संक्रमणको कुरा सुनेको भएता पनि बाध्यताले अन्नबाली भित्र्याउनु परेको बताउनुभयो ।

सरकारले लकडाउन गरेको छ । तर आफ्नो नियम कानुन लागु गरेको भएपनि किसानहरुले तयार गरेको बालीनालि नभित्र्याएर हुदैन । अहिले भारत तथा तेस्रो मुलकबाट नेपालीहरु धेरै गाउँघरमा आएका छन् । त्यसैले काम संगसंगै साबधानी अपनाउन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);