लकडाउनको आज १४ औं दिन : काठमाडौं उपत्यकासहित देशैभरका शहर बजार सुनसान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

लकडाउनको आज १४ औं दिन : काठमाडौं उपत्यकासहित देशैभरका शहर बजार सुनसान

kathmandu lockdown

काठमाडाैं, २४ चैत । लकडाउनको १४ औ दिन आजपनि काठमाण्डौ उपत्यका लगायत देशैभरका शहर बजार अन्य दिन जस्तै सुनसान देखिन्छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले यही चैत २५ गते मध्यरातसम्म देशैभर लक डाउनको घोषणा गरेको छ । लकडाउनका कारण काठमाण्डौ उपत्यकाका शहर बजार सुनसान देखिएका छन् भने मानिसहरुको चहलपहल पनि न्यून रहेको छ । सडकमा खानेपानी, इन्धन तथा अस्पतालका सवारी साधन र एम्बुलेन्स भने निर्वाध रुपमा संचालन आएका देखिन्छन् ।

सरकारले कोरोना भाइरस संक्रमणबाट बच्न सर्वसाधारणलाई घरभित्रै बस्न र सामाजिक दुरी कायम राख्न आग्रह गरेको छ । आज पनि अन्यदिन जस्तै अनुमति विना सञ्चालन भएका सवारी साधनलाई सुरक्षाकर्मीले रोकेका छन् भने लकडाउन उल्लंघन गर्न खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । सरकारले लकडाउनलाई थप कडाई गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी उपत्यका बाहिर पनि लकडाउनको पालना कडाईका साथ गरिएको छ । उपत्यका बाहिरका जिल्ला र सातै प्रदेशमा पनि लकडाउनका कारण मुख्य शहर बजारहरु सुनसान र शान्त देखिन्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);