लकडाउनको नवौं दिन, उपत्यकासहित देशैभरका शहर बजार सुनसान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

लकडाउनको नवौं दिन, उपत्यकासहित देशैभरका शहर बजार सुनसान

kathmandu lockdown

काठमाडौं, १९ चैत । लकडाउनको नवौं दिन अर्थात् दोश्रो चरणको लकडाउनको दोस्रो दिन बुधबार काठमाण्डौ लगायत देशैभरका शहर बजार सुनसान र शान्त देखिन्छन् । बिश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले यही चैत २५ गते मध्यरातसम्म देशैभर लक डाउनको घोषणा गरेको छ ।

पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म लक डाउनको घोषणा गरिएको थियो भने दोस्रो चरणमा चैत १८ देखि २५ गते मध्यरातसम्म लम्व्याइएको छ । लकडाउनका कारण काठमाण्डौ उपत्यकाका शहर बजार सुनसान र शान्त रहेका देखिन्छन् ।

सडकमा खानेपानी, इन्धन तथा अस्पतालका सवारी साधन र एम्बुलेन्स भने निर्वाध रुपमा संचालन आएका छन् । लकडाउनका कारण मुख्य सडक र भित्री क्षेत्रमा बसोबास गरेका सर्वसाधरणहरु घरबाहिर निस्किएका छैनन। अनुमति विना सञ्चालन भएका सवारी साधनलाई सुरक्षाकर्मीले रोकेका छन् ।

यसैगरी उपत्यका बाहिर पनि लकडाउनको पालना कडाईका साथ गरिएको छ । उपत्यका बाहिरका जिल्ला र सातै प्रदेशमा पनि लकडाउनका कारण मुख्य शहर बजारहरु सुनसान र शान्त रहेका छन् । राजमार्गहरु पनि सुनसान देखिएका थिए भने, खाद्य पसल, तरकारी बजार आंशिक रुपमा खुल्नुका साथै अत्यावश्यक सामान ढुवानी गर्ने सवारीसाधनमात्रै सडकमा गुडेका देखिन्छन् ।

ग्रामिण क्षेत्रमा भने लक डाउनको प्रभाव देखिएको छैन । ग्रामिण क्षेत्रका बासिन्दा आफना नियमित काममा ब्यस्त रहेका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);