आज लकडाउनको १८ दिन : देशैभरका शहर बजार सुनसान, राजमार्ग खाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आज लकडाउनको १८ दिन : देशैभरका शहर बजार सुनसान, राजमार्ग खाली

kathmandu-lockdown

काठमाडौं, २८ चैत । सरकारले घोषणा गरेको लकडाउननको आज १८ औं दिन पनि काठमाडौ उपत्यकासहित देशैभरका शहर बजार सुनसान छन् । चैत ११ गते विहान ६ बजेबाट लागु हुनेगरी एक हप्ताका लागि घोषणा गरिएको लक डाउनको अवधि सरकारले तेस्रो पटक थप गरेर आगामी  वैशाख ३ गतेसम्म जारी रहने निर्णय गरेको छ ।

विश्वभरी फैलिएको कोरोना महामारीको संक्रमण नेपालमा पनि देखिएपछि जारी गरिएको लक डाउन पछि काठमाडौं उपत्यका सुनसान बनेको हो । सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । चोक चोकमा सुरक्षाकर्मी खटिएका छन् । लकडाउन उल्लंघन गर्न खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । जारी लकडाउनमा अत्याश्वयक सवारीसाधन भने निर्बाध संचालन भइरहेका छन । सरकारले अन्तराष्ट्रिय हवाई उडानलाई आगामी बैशाख १८ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ सरकारले कोरोना भाइरस संक्रमणबाट बच्न सर्वसाधारणलाई घरभित्रै बस्न र सामाजिक दुरी कायम राख्न आग्रह गरेको छ ।

त्यसैगरी काठमाडौं उपत्यका बाहिर पनि लक डाउनको कडाइका साथ पालना गरिएको छ । सातै प्रदेश र जिल्लाहरुमा पनि लकडाउनका कारण मुख्य शहर बजारहरु सुनसान रहेका छन । राजमार्गमा पनि अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन । लकडाउनका कारण सबै राजमार्ग सुनसान छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);