आज लकडाउनको १७ औं दिन: मजदुरलाई समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

आज लकडाउनको १७ औं दिन: मजदुरलाई समस्या

majadur

काठमाडाैं, २७ चैत । सरकारले घोषणा गरेको लकडाउननको आज १७ औं दिन पनि काठमाडौं उपत्यकासहित देशैभरका शहर बजार सुनसान छन् । चैत ११ गते विहान ६ बजेबाट लागु हुनेगरी एक हप्ताका लागि घोषणा गरिएको लक डाउनको अवधि सरकारले तेस्रो पटक थप गरेर आगामी वर्षको वैशाख ३ गतेसम्म जारी रहने निर्णय गरेको छ ।

विश्वभरी फैलिएको कोरोना महामारीको संक्रमण नेपालमा देखिएपछि जारी गरिएको लक डाउन पछि काठमाण्डौ उपत्यका सुनसान बनेको हो । मुख्यगरी काठमाडौं उपत्यकाका भिडभाड हुने बजारहरु बन्द रहेका छन् । असन न्यूरोड, ठमेल लगायतका मुख्य भिडभाड हुने बजारहरु बन्द रहेका छन् । सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । चोक चोकमा सुरक्षाकर्मी खटिएका छन् ।

लक डाउनमा कडाई गरिएपनि तरकारी पसल र खाद्य पसलहरुमा भने भीडभाड हुने गरेको छ । लकडाउन उल्लंघन गर्न खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । प्रहरीले माइकिङ गरेर जनचेतना फैलाइरहेको छ । जारी लकडाउनमा अत्याश्वयक सवारीसाधन भने निर्बाध संचालन भइरहेका छन । हवाइ उडान भने ठप्प छ । सरकारले कोरोना भाइरस संक्रमणबाट बच्न सर्वसाधारणलाई घरभित्रै बस्न र सामाजिक दुरी कायम राख्न आग्रह गरेको छ ।

त्यसैगरी काठमाडौं उपत्यका बाहिर पनि लक डाउनको कडाइका साथ पालना गरिएको छ । सातै प्रदेश र जिल्लाहरुमा पनि लकडाउनका कारण मुख्य शहर बजारहरु सुनसान रहेका छन् । एम्बुलेन्स, खाद्यान्न ढुवानी गर्ने बाहेकका सवारी साधन चलेका छैनन । राजमार्गहरुपनि सुनसान रहेका छन् । देशैभर लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउने गर्ने भने समस्यामा परेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);