नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की तेस्रोपटक कोशी प्रदेशका मुख्यमन्त्रीको कुर्सीमा, नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की तेस्रोपटक कोशी प्रदेशका मुख्यमन्त्रीको कुर्सीमा, नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ ।

बिहीवार कोशी प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । प्रदेश सभाका ५२ सदस्यको हस्ताक्षरसहित पेश भएको दाबीमा सनाखतपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

उहाँले आजै शपथग्रहण गरेर सानो आकारको मन्त्रिमण्डल बिस्तार गर्नु भएको छ । प्रदेश प्रमुख खापुङले केदार कार्कीलाई पदमुक्त गरेर शुक्रवार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधवार राति आह्वान गर्नुभएको हो । कार्कीलाई नेकपा एमाले र माओवादीका ५२ सांसदको समर्थन छ ।
अब बनेको नयाँ गठबन्धनको सरकारलाई आगामी निर्वाचनसम्म नै डोहो¥याउने समर्थक माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताउनु भयो ।

एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि लिने र राजीनामा पनि कार्की यसअघि दुई पटक मुख्यमन्त्री भइसक्नुभएको छ । २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिनुभएको थियो ।

सर्वोच्च अदालतको परमादेशपछि २२ भदौ ०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बन्नुभएका कार्कीले २० असोजमा पुनः राजीनामा दिनुभएको थियो । केन्द्रमा पुनः नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्नुभएको हो ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);