ग्रे लिस्टबाट बाहिरिन व्यवसायीलाई समातेर मात्रै हुँदैन, सरकारले विश्वसनीय काम गर्नुपर्छः पुर्वअर्थमन्त्री डा. खतिवडा | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

ग्रे लिस्टबाट बाहिरिन व्यवसायीलाई समातेर मात्रै हुँदैन, सरकारले विश्वसनीय काम गर्नुपर्छः पुर्वअर्थमन्त्री डा. खतिवडा

काठमाडौँ ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी व्यवसायीलाई पक्राउ गरेर मात्रै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न नसकिने बताउनुभएको छ । काठमाडौंमा काठमाडौं अर्थको अर्थले आयोजना गरेको बैंकिङ क्षेत्रका विद्यमान चुनौति र अर्थतन्त्र विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले विश्वसनीय ढंगले काम गरेर त्यसको परिणाम देखाउनुपर्ने बताउनु भयो । पूर्वगभर्नरसमेत रहनुभएका उहाँले ग्रे लिस्टबाट बाहिरिने नाममा अनावश्यक रुपमा बैंकका कर्मचारी तथा बैंकरलाई पक्राउ गर्ने वा दबाब दिने कार्य गर्न नहुने बताउनु भयो । अपराध पुष्टि नभएको अवस्थामा अदालतबाट छुट्ने भएकाले त्यस्ता कदमले अपेक्षित परिणाम नदिने उहाँको भनाइ छ ।

उहाँले ग्रे लिस्टबाट बाहिरिनका लागि अन्तर्राष्ट्रिय निकायले कार्यान्वयन र परिणाम खोज्ने बताउनु भयो । त्यसको लागि सरकारले विश्वसनीय रूपमा काम गरेर परिणाम देखाउनुपर्ने उहाँको भनाई छ । ग्रे लिस्टबाट बाहिरिन नसके बैंकिङ प्रणाली, अन्तर्राष्ट्रिय व्यापार र पुँजी प्रवाहमा असर पर्ने उहाँले बताउनु भयो । नेपाललाई विगतमा ग्रे लिस्टबाट बाहिर निकाल्न निकै कठिनाइ भोग्नुपरेको स्मरण गर्दै उहाँले सरकारले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।नेपाल ग्रे लिस्टबाट बाहिरिनका लागि सरकारले आवश्यक सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाई छ ।

Leave a Reply

ताजा समाचार