काठमाडौँ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संविधान संशोधनको पक्षमा रहेको बताउनुभएको छ ।शनिवार संविधान दिवसको अवसर पारेर पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संविधान जनताले प्राप्त गर्ने अधिकारको सन्दर्भमा मौलिक हकको सन्दर्भमा उत्कृष्ट संविधान रहेको जिकिर गर्नुभयो । भएका कमी कमजोरी हटाइ अझ अग्रगामी बनाउने दिशामा संविधान संशोधन गर्न एमाले तयार रहेको बताउनु भयो । देश अघि बढाउन, देशको समग्र पक्ष अघि बढाउनका लागि संविधान संशोधन हुनुपर्ने बताउनु भयो । राष्ट्रिय सभा वर्तमान संविधानको पक्षमा रहे पनि प्रतिनिधि सभा विपक्षमा रहेको संकेत ओलीको छ । संविधान घाँडो भएको कुरा बहुमतको दुरुपयोग गरेर कार्यकारी अधिकार भन्दै जथाभावी संविधान भन्दा विपरितका कामहरूबाट देखिएको स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले देशलाई पछाडि धकेल्ने काम भइरहेको भन्दै एमालेले देशलाई अघि बढाउने काम गर्ने बताउनु भयो । एमाले व्यक्तिगत कुरा नअल्झिकन देशको हितका लागि अघि बढ्ने बताउनु भयो ।




