एमाले दुई तिहाई मतसहितको सरकार बनाउन संविधान संशोधनका लागि तयार | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

एमाले दुई तिहाई मतसहितको सरकार बनाउन संविधान संशोधनका लागि तयार

foram oli

काठमाडौं, १६ फागुन । सत्तारुढ नेकपा एमाले दुईतिहाई मतसहितको सरकार बनाउन संविधान संशोधनका लागि तयार भएको छ । निर्वाचनअघि संशोधनको विपक्षमा रहेको एमाले संघीय समाजवादी फोरमलाई समेटेर सरकारलाई दुई तिहाइ बहुमतको स्वरुप दिन संशोधनका लागि तयार भएको हो ।

एमाले अध्यक्ष एवं प्रधानमनत्री केपी शर्मा ओलीले फोरमका अध्यक्ष उपेन्द्र यादवसँगको वार्तामा औचित्यका आधारमा संविधान संशोधन गर्न आफू तयार रहेको बताएका छन । फोरम अध्यक्ष यादवले संविधान संशोधन गर्ने सर्तमा सरकारमा सहभागी हुने बताएपछि ओली संशोधनका लागि तयार भएका हुन ।

एमाले नेताहरुका अनुसार एमाले र फोरमबीच आज सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी छ । सहमतिपत्रमा हस्ताक्षरपछि फोरम दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);