यसरी बन्दै छ , एमाले–माओवादी एकताको खाका , दुवै कार्यदललाई प्रतिवेदन लेखनको चटारो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

यसरी बन्दै छ , एमाले–माओवादी एकताको खाका , दुवै कार्यदललाई प्रतिवेदन लेखनको चटारो

uml n moist

काठमाडौं, १६ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा गठित दुई कार्यदलले पार्टी एकताको खाका लेखन कार्यलाई तीव्रता दिएका छन् । पार्टी एकता संयोजन समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउन दुवै कार्यदललाई निर्देशन दिएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल संयोजकत्वको पार्टी एकता प्रतिवेदन कार्यदल र माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वको संगठन तथा मस्यौदा कार्यदलले प्रतिवेदन लेखनलाई तीव्रता दिएका हुन् ।

थापा नेतृत्वको कार्यदलको मंगलबार बसेको बैठकले दुई उपसमिति गठन गरेर प्रतिवेदन लेखन अघि बढाएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको कार्यदलको बैठकले विधान खाका तयार गर्न र जनवर्गीय संगठनको एकीकरणसम्बन्धी प्रस्ताव तयार गर्न दुई उपसमिति बनाएको कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिए ।

विधान खाका तयार गर्न माओवादीका वर्षमान पुन र एमालेका वेदुराम भुसाललाई जिम्मा दिइएको छ भने जनवर्गीय संगठनको एकीकरणसम्बन्धी प्रतिवेदन तयार गर्न माओवादीका गिरीराजमणि पोखरेल र एमालेका गोकर्ण विष्टलाई जिम्मा दिइएको छ । उपसमितिले दुवै दलको संगठनात्मक अवस्थाबारे अध्ययन गरेर प्रतिवेदन तयार गर्नेछन् । नेता विष्टका अनुसार दुवै उपसमितिले २२ फागुनमा बस्ने कार्यदलको बैठकमा प्रतिवेदन पेस गर्ने जिम्मा तोकिएको छ ।

थापा संयोजकत्वको संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका छन् भने माओवादी केन्द्रबाट थापाका साथै गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् । यसअघि आइतबार बसेको प्रतिवेदन समितिको बैठकले उपसमिति गठन गरेको थियो । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बसेको बैठकले एमाले उपाध्यक्ष भीमबहादुर रावल र सचिव प्रदीपकुमार ज्ञवाली तथा माओवादी केन्द्रका तर्फबाट नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङ सदस्य रहनेगरी उपसमिति गठन गरेको थियो ।

नेपाल संयोजकत्वको पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् । गत ७ फागुनमा दुई दलबीच पार्टी एकताका लागि सातबुँदे प्रारम्भिक आधार तय भएपछि संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरिएको थियो । दुई दलले कार्यदलमार्फत एकताको प्रतिवेदन तय भएसँगै आवश्यक गृहकार्य गरेर चैतभित्रै पार्टी एकता गर्ने तयारी गरेका छन् । आजको राजधानी दैनिकमा यस्तो खवर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);