एमाले-माओवादी संयुक्त कार्यदलले समयमा प्रतिवेदन बुझाउन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमाले-माओवादी संयुक्त कार्यदलले समयमा प्रतिवेदन बुझाउन सकेन

bam ghathabandan

काठमाडौं, २६ फागुन । नेकपा एमाले र माओवादी केन्द्रका संयुक्त कार्यदल समयमा प्रतिवेदन बुझाउन असफल भएका छन् । यही २५ गते भित्र प्रतिवेदन बुझाउनेगरी राजनीतिक समिति र सांगठनिक समिति गठन गरि जिम्मेवारी दिएको थियो ।

तर, दुबै समितिले काम पुरा गर्न नसक्दा प्रतिवेदन बुझाउन सकेनन् । दुई पार्टीले एकता गरी नेपाल कम्युनिष्ट पार्टी घोषणा गर्न नेपाल कम्युनिष्ट पार्टी एकता दिवस अर्थात लेनिन दिवसको साइत रोज्ने तयारी भने छाडेका छैनन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिले गएको २५ गते प्रतिवेदन बुझाउन भन्दै दुईवटा कार्यदल गठन गरेको थियो । पार्टी एकतापछिको वैचारिक तथा राजनीतिक दृष्टिकोण के हुने तथा साङगठनिक स्वरुप कस्तो रहने भन्ने सम्बन्धमा खाका तयार पारि बुझाउनका लागि गठित समितिले थप १५ दिन समय लाग्ने बताएसँगै एकताको गृहकार्य पछि धकेलिएको छ ।

अन्तरिम पार्टी विधान र पार्टी एकिकरण विधि र सांगठनिक स्वरुपको बारेमा २२ गते कार्यदलले छलफल गर्ने तयारी गरेको थियो । तर, सोही दिन संसदको बैठक बोलाइएका कारण बैठक बस्नै नसकेपछि समितिको बैठक पुनः बस्न पाएको छैन ।

अन्तरिम पार्टी विधान र पार्टी एकीकरण विधिसम्बन्धी प्रारम्भिक खाका तयार भएको बताएपनि त्यसलाई अन्तिम रुप दिन समितिले सेकेको छैन । तर पनि, आगामी बैशाख ९ गते लेनिन दिवसको अबसर पारेर पार्टी एकता हुने दावी नेताहरु गरिरहेका छन् ।

वैचारिक विषयमा टुंगो लगाउन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल संयोजक रहेको कार्यदलले आगामी चैत ५ गतेसम्ममा प्रतिवेदन तयार गर्ने तयारी गरेको छ । दुई दलबीच यही फागुन ७ को एकता संयोजन समितिले तय गरेको सात बुँदे एकताको प्रारम्भिक आधारमा केन्द्रित भई संगठन र वैचारिक विषय मिलाउन जिम्मा दिएको थियो ।

तर, दुबै समितिले अवको १५ दिन भित्र प्रतिवेदन बुझाएपनि त्यसमा नेतृत्व तहमा हुने बहस र त्यसमा आउने फरक मतलाई समेट्दा तत्काल सहमतिमा पुग्न जटिल हुन्छ । त्यस बाहेक केन्द्रीय संगठनमा नेतृत्वको आकार कत्रो हुने, मुल नेतृत्व कसले हाँक्ने र सहायक नेतृत्वको भूमिका के हुने, जिल्ला र स्थानीय तहमा नेतृत्वको बाँडफाँट तथा व्यवस्थापन कसरी गर्ने जस्ता विषय एकता टुंग्याउने चुनौतिपूर्ण विषय हुन् । यी सबै विषयको सम्बोधन गरि बैशाख ९ गते पार्टी एकता गर्नु कम चुनौतिपूर्ण देखिदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);