नेकपाको सांगठनिक एकता प्रक्रिया फेरी अल्झियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेकपाको सांगठनिक एकता प्रक्रिया फेरी अल्झियो

nekapa

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सांगठनिक एकता प्रक्रिया फेरी अल्झिएको छ ।

एकता प्रक्रिया टुंग्याउन गठन गरिएको नौ सदस्यीय कार्यदल भित्रै विवाद बढेपछि एकता प्रक्रिया अल्झिएको हो । कार्यदल भित्र विवाद बढ्दा पुस मसान्तसम्म समय अवधी पाएको कार्यदलले माघको अन्तिम साता हुँदासम्म पनि पार्टी नेतृत्वलाई कार्यदलको प्रतिवेदन बुझाउन सकेको छैन ।

नेकपाको स्थायी समितिको पुस १३ गते बसेको बैठकले पुस मसान्त भित्र एकताको सबै बाँकी प्रक्रिया मिलाउन भन्दै गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);