दुई अध्यक्षको दुई धारणाले दुर्घटनाको खतरा बढ्यो : झलनाथ खनाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दुई अध्यक्षको दुई धारणाले दुर्घटनाको खतरा बढ्यो : झलनाथ खनाल (भिडियोसहित)

jhalnath khanal

काठमाडौं, २४ माघ । जेठ तीन गते एमाले र माओवादी केन्द्र एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएपनि अहिलेसम्म एकता प्रक्रियाले पूर्णता पाएको छैन । मंसिर २९ मा सुरु भएर पुस १३ गते सकिएको स्थायी कमिटि बैठकले नौसदस्यीय कार्यदल बनाएपनि कार्यदल नै असफल भएपनि एकता प्रक्रिया फेरी अनिश्चित भएको छ

अघिल्लो दिनसम्म नेकपा एमाले र नेकपा माओवादी केन्द्रका रुपमा अस्तित्वमा रहेका पार्टीहरुको एकताबाट जेठ ३ गते देखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । नेकपा बनेको नौ महिना पुरा हुनै लागेको छ । तर, एतिका महिना वित्दा समेत नेकपाको एकताले पूर्णता पाउन सकेको छैन । केन्द्रीय संसचना मध्य् निति निर्माण गर्ने पोलिट्व्युरो बन्नै सकेको छैन भने स्थायी कमिटिका समेत जम्मा तीनवटा बैठक बसेको छ ।

केन्द्रीय कमिटिको त एउटा बैठकसमेत बस्न सकेको छैन । यसले समान्य कार्यकर्तामा मात्र हैन पार्टीको प्रमुख भएर काम गरिसकेका नेताहरुमा समेत अन्योल पैदा गरेको छ ।

गतमंसिर २९ गते सुरु भएर पुष १३ गते सकिएको नेकपा स्थायी कसपमिटि बैठकले एकता प्रक्रिया पुरा गर्न गृहमन्त्रीसमेत रहेका रामबहादुर थापाको संयोजकत्वमा नौं सदस्यीयकार्यदल बनाएको थियो । तर, पुष मसान्तसम्म कार्यावधी पाएको कार्यदल असफल भएपछि अहिले एकताको विषय थप अन्योलपूर्ण बनेको छ । त्यसैले कार्यदलको काम दुई अध्यक्षले हस्ताक्षेप गरि एकता प्रक्रियाका विषयमा निर्णय गर्न दवाव बढिरहेको छ ।

मन्त्री देखि मूख्यमन्त्रीसम्मको जिम्मेवारीमा रहेका नेताहरु राखेर कार्यदल बनाएका कारण कार्यदल आफ्नो जिम्मेवारी बहन गर्न असफल भएको हो । एकता प्रक्रियाले पूर्णता नपाउँदा नेताहरु समेत दुखी भएका छन् । उनीहरु एकताले पार्टीका लागि मात्र नभएर देशलाई नै घाटा पुगेको बताउँछन् ।

एकता प्रक्रिया नौ महिनासम्म पूर्णता नपाउँदा पार्टीका गतिविधि ठप्प भएका छन् । सरकारका कामकारवाहीको समिक्षा हुन सकेको छैन भने सरकारमा भएकाहरुले पनि पार्टीको अविभाविकत्व पाउन सकेका छैनन् । त्यसले संगठन नै नभएको लथालिंग अवस्थामा पुर्‍याएको छ ।

अघिल्लो दिनसम्मको नेकापा एमाले र नेकपा माओवादी केन्द्रको अस्तित्व समाप्त गर्दै नेकपा बनेको आगामी फागुन तीन गते नौ महिना पुरा हुँदैछ । तर, त्यसयता पनि एमालेका भ्रातृ संगठनहरु अनेरास्ववियु, युवा संघ, अखिल नेपाल महिला संघ, ट्रेड युनियन महासंघसहितका संगठनहरुको कायम छन् ।

एमालेका जस्तै माओवादी केन्द्रका पनि अखिल क्रान्तिकारी, वाइसिएल, अनेमसंघ क्रन्तिकारीसहितका जनबर्गीय संगठनहरु अहिलेसम्म कायम छन् । दुबैका मात्री पार्टी एक भएका छन् तर भ्रातृ संगठनहरु समान हैसियतमा समानान्तर गतिविधिसमेत गर्न नसकेर चुपचाप बस्न बाध्यछन् । एतिमात्र हैन दुबैका जिल्ला कमिटिहरु विघटन भएकाले जिल्लाका कार्यकर्ताहरु समेत उकुसमुकस अवस्थामा छन् ।

दुई अध्यक्षहरु मिलेर अनुकुल हुने विषयमा निर्णय गर्ने तर एकताको प्रक्रियालाई पूर्णता दिन नलाग्दा दुइ अध्यक्षबाहेकका अधिकांश अन्योलमा छन् । दुई अध्यक्षको काम गराइका विषयमा पुसमा स्थायी कमिटिले १२ दिन लामो छलफल गरेपनि त्यसपछि छलफलसमेत हुन सकेको छैन ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);