कहिले टुंगिन्छ नेकपाको एकता प्रक्रिया ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कहिले टुंगिन्छ नेकपाको एकता प्रक्रिया ?

oli prachanda

काठमाडौं, १७ कात्तिक । पाँच महिना अघि दुइ ठुला दल नेकपा एमाले र नेकपा माओवादी विच पार्टी एकता भएपनि अहिले सम्म एकता प्रक्रिया टुंगिन सकेको छैन । एकतामा यति धेरै ढिलाइ किन भयो होला त ?

नेपाल कम्युनिष्ट पार्टी गत जेठ ३ गते एक भएको हो । तर,दुइ ठुला दल नेकपा एमाले र नेकपा माओवादी मिलेर अहिलेसम्म कै ठुलो दल नेपाल कम्युनिष्ट पार्टी भएपनि एकता घोषणाको ५ महिनासम्म पनि यसको एकता प्रक्रिया टुङगिएको छैन । नीति,नेतृत्व र नाममा देखिएको अलमल अझै पनि कायम छ ।

दुइ तिहाइ मत प्राप्त गरेर अहिले यहि पार्टीले सरकार सञ्चालन गरिरहेको छ तर यो दलको नाम नेकपा रहने हो वा होइन भन्ने विवाद अझै कायमै छ । नेपाल कम्युनिष्ट पार्टीको नाम सम्वन्धि विवाद निर्वाचन आयोगले एकसरो टुगो लगाएपनि यो विवाद अब सर्वोच्च अदालत जाने भएको छ । नाम समेत पनि पुर्ण रुपमा टुगो नलागिसकेको यति ठुलो दलको अध्यक्ष दुइ जना रहेका छन । अब साढे २ बर्षपछि हुने महाधिवेशनले मात्र एउटा अध्यक्ष चयन गर्नेछ ।

नेकपाले अध्यक्ष मात्र होइन, संगठनको अन्य स्वरुप पनि तयार पारिसकेको छैन । पार्टी भित्र सचिवालय,स्थायी समिति र केन्द्रिय समिति छ तर पार्टीको नीति निर्माण गर्ने पोलिटब्युरो भने अझैसम्म बन्न समेत सकेको छैन । बल्लतल्ल बनेको स्थायी समितिको वैठक आजसम्म जम्मा दुई पटक मात्र बसेको छ । स्थायी समितिलाइ छलेर सचिवालयले नै सवै निर्णय गर्ने गर्न थालेपछि आक्रोशित नेताहरुले स्थायी समितिको वैठक छिटो डाक्न माग गरे र कार्तिक १२ र १३ गते वैठक डाकियो तर अचानक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली विरामी भएपछि वैठक त्यतिकै सर्यो ।

पार्टीमा कतिसम्म सुस्तता आयो भने अध्यक्ष विरामी भएपछि बैठक सरयो वा वैठक हुन सक्दैन भनेर पदाधिकारीलाई सामान्य सुचना समेत जारी गरिएन । नेकपामा अहिले यो मात्र सुस्तताको सुचक होइन,पार्टी एकताको लागि भनेर सचिवालय वैठकले शक्तिशाली समिति बनायो,महासचिव विष्णु पौडेल र अर्का नेता रामवहादुर थापा बादलको नेतृत्वमा । तर,प्रधानमन्त्री तथा पार्टी अध्यक्ष विरामी परेसंगै यो समिति पनि सुस्तायो ।

पार्टीमा यस्तै खालको अलमल र टार्ने प्रवृत्ति देखा परेकै कारण नेकपाका बरिष्ठ नेता झलनाथ खनालले नेकपा एक भइ नै नसकेको कडा प्रतिक्रिया दिएका छन् ।

कम्युनिष्ट पार्टी सामुहिक नेतृत्व र आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यासको बलमा मात्र टिकेका हुन्छ तर नेकपामा अहिले यी दुई महत्वपुर्ण कुरामा पनि प्रश्न उठन थालेको छ । एकसाथ दुइ अध्यक्ष पाएको नेकपामा सामुहिक नेतृत्व त परको कुरा एक जना अध्यक्ष विरामी हुदा अर्को अध्यक्षले सामान्य वैठक समेत पनि राखेको पाइन्न । यसैकारण नेकपा भित्र अहिले दुवै अध्यक्षले स्थायी समिति वैठक राख्न आलटाल गरिरहेको आरोप खेप्नु परेको छ । अरु त अरु नेकपा कै युवा नेताहरु नै अब पार्टी नीति,विचार र सिद्धान्त अनुसार नचलेको आरोप समेत लगाउन थालेका छन ।

ठुलो जनमत, ठुलो आशा र अपेक्षाको साथ निर्वाचित भएको नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा अहिले सरकार चलिरहेको छ । दुई अध्यक्षको मिलन त भयो तर यसपछि पार्टीको पुर्ण एकता भने हुन विलम्व भइरहेको छ । कतिपय राजनीतिक विश्लेषक देखि स्वयम नेकपाकै नेताले समेत एकतामा भएको ढिलाइले सरकारको काम गर्ने क्षमतामा समेत निखारता आउन नसकेको बताउन थालेका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);