नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकताको एक बर्ष पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकताको एक बर्ष पुरा

nekapa ekata

अप्सरा गौतम
काठमाडौं, २ जेठ । दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओबादी एकता भएको पनि एक वर्ष पुरा भएको छ । तर यो एक वर्षमा यी दुई पार्टीको भावनात्मक देखि संगठानात्मक रुपमा एकताले समेत पुर्णता पाएको छैन । गत बर्षको जेठ ३ गते देशका दुइ ठुला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेको एक बर्ष पुरा भएको छ ।

स्वर्गीय नेता मदन भण्डारीको देहान्त भएको दिन यी दुई दल मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्यो । पार्टी एकता भएको बर्षदिन वितिसक्दा पनि यी दुई पार्टी विचको संगठनात्मक र भावनात्मक रुपमा एकता भईसकेको छैन ।

नेकपाको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी यतिवेलासम्म बनेको छ । तर नेकपाले यतिञ्जेलसम्म सचिवालय वैठक मार्फत आफनो काम पुरा गर्दै आएको छ । र, उदेकलाग्दो कुरा के छ भने एकता भएको बर्ष दिनसम्म पनि पोलिटब्युरो सम्म गठन गर्न सकेको छैन ।  र, टुंगो लागेको कमिटीका नेताको पनि कुनै जिम्मेवारी छैन ।

अहिलेसम्म जिम्मेवारी बाँडफाँड नभएकाले सार्वजनिक कार्यक्रममै नेताले आक्रोश पोख्ने गरेका छन् । केन्द्रीय तथा प्रदेश कमिटीका नेताको जिम्मेवारी बाँडफाँड, पोलिटब्युरो कमिटी, विभाग जिल्ला कमिटी, क्षेत्रदेखि स्थानीय तहका कमिटीका साथै जनवर्गीय संगठनको एकता टुंगो लागाउन अझै बाँकी नै रहेको छ । तर नेकपाका अध्यक्ष पुष्पकमल दहालले भने अब पोलीटब्यूरो छिटै टुङगो लगाउने बताउनु भएको छ ।

नेकपामा ४ सय ४१ जनाको केन्द्रिय समिति गठन गरिएको छ । तर यो दुई वर्षको अवधिमा हालसम्म एउटा पनि बैठक बस्न सकेको छैन । पार्टी भित्र पोलीटब्यूरोको टुङगो यसले गर्नुपर्ने नीतिगत बहश यतिकै सेलाएर गएको छ ।

पार्टी भित्रको गुट उपगुटको स्वार्थका कारण एकता अलमलमा परेको छ । एकता टुंगो लाग्न नसक्दा त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको छ । नेताहरुले अब एकताको कामलाई टुङगोमा पुर्याउने र पोलिटब्युरो समेत शुक्रवार नै गठन गर्ने बताईरहँदा नेकपाकै अर्का नेता अग्नी सापकोटाले भने यसमा अझै समय लाग्ने बताउनुभएको छ ।

अचानक र आकस्मिक रुपमा पार्टी एकता गर्न सक्ने नेताहरुलाई पार्टीको आन्तरिक कमिटि गठनमा किन यतिका ढिलाई भयो वा किन यति समय लाग्यो भन्ने जवाफ अझै फेला परेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);