नेकपा विवाद दुई धारमा प्रवेश (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेकपा विवाद दुई धारमा प्रवेश (भिडियोसहित)


मंसिर १३ गते बस्ने नेकपा सचिवालय बैठक अघि नै नेकपा नेतृत्व स्पष्ट रुपमा धु्रविकृत भएको छ । विवाद बढ्दै जांदा नेकपा नेकपा नेतृत्व दुई धारमा प्रवेश गरेपछि अब विवाद साम्य हुने होइन, बढ्ने देखिन्छ । विवादको विउ अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध गम्भीर आरोपहरु लगाएर गर्नु भएको देखिन्छ ।

एक वर्षदेखि चर्चामा रहेको सत्तारुढ दल नेकपा भित्रको समुहगत आन्तरिक किचलो मंसिर महिना टेक्ना साथै दुई धारको दिशामा प्रवेश गरेको छ । तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बिच २०७५ जेठ ३ गते एकता भएसँगै पार्टीभित्र हुर्केका विभिन्न गुट उपगुट बीच भित्रभित्रै सल्किएको भुसको आगो यतिबेला दुई अध्यक्षका छुटृाछुटैृ प्रतिवेदन आउने भएपछि पार्टी दुईधार उन्मुख भएको हो । जसले गर्दा विचार र सिद्धान्तको ख्याल नै नगरी अप्रत्याशित रुपमा दुई वर्ष अगाडि कुम जोडेका नेताहरु अब सँगै अगाडि बढ्लान त भन्ने गम्भीर प्रश्न पेचिलो बनेको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले गत कार्तिक २८ गते पार्टी सचिवालय र सञ्चार माध्यममा एकैसाथ वितरण गरेको पर्चाले त झनै पार्टीको एकता नै अबरुद्ध पारेर नेकपाकै भविष्य शंकाको घेरामा परेको छ । नेकपा भित्रको किचलोलाई यतिबेला आम पार्टी पंक्तिले ‘नेताहरुको सत्ता र शक्तीप्रतिको आशक्ती’का अर्थमा समेत बुझ्न थालेका छन् । सरकार र पार्टी सञ्चालनमा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली असफल भएको भन्दै पार्टी एकता ताका भएका सबै खाले सहमतीलाई कुल्चँदै ओलीकै पदमाथी ‘त्याग’को भाषामा धावा नै बोलिएपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीकातर्फबाट पनि त्यही शैलीमा प्रतिकार हुन सक्ने सम्भावना रहेकाले आगामी दिन नेकपाका लागि सहज हुने देखिएको छैन ।

नेकपाको गठन गर्दा नै महाधिवेशनसम्म सबै कुरा दुई अध्यक्षको सहमतीमा हुने भन्ने आधार तय गर्दै एकताको ठुलो धार एमालेले नेपालकै राजनीतिमा महत्वपूर्ण स्थान ओगटेको जनताको बहुदलीय जनवादलाई समेत ताकमा राखेर माओवादीसँग कुम जोड्न पुगेको थियो । तर, एकताको भावनालाई बिर्सिएर तथा गत भदौमा सम्पन्न पार्टी स्थायी कमिटी बैठकलाई लत्याउँदै अंक गणितका नाममा अध्यक्ष दहालले प्रतिबेदनका नाममा अर्का समकक्षीलाई आरोप पत्र पेश गरेपछि नै नेकपा यतिबेला असहज स्थितिमा पुगेको हो ।

त्यसो त,अनौपचारिक मात्रै होइन, पार्टीका औपचारिक बैठकमै पनि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफू आगामी महाधिवेशनमा उम्मेदवार नहुने र सरकारको नेतृत्वको दावी पनि नगर्ने भनेर आकांक्षीहरुलाई बाटो खुल्ला गरिसक्दा पनि बेला न कुबेला ‘कुर्सी’ कै कचिंगल मच्चाईनु पार्टीकै लागि दुःखद बन्न पुगेको छ । पार्टीमा पछिल्लो सन्दर्भमा नेतृत्वलाई नै लाञ्छित गर्ने जुन प्रवृत्ती देखा परेको छ, त्यसलाई कतिपयले नेकपा भित्र ‘काल’ पल्केको अर्थमा बुझ्न थालेका छन् ।

पार्टीको एकता महाधिवेसन आउन अब लामो समय छैन । एकताकै समयमा आगामी नेतृत्व पनि सहमतीकै आधारमा तय गरिने प्रतिबध्दता दुबै अध्यक्ष बीच भएकै हो । अब आम निर्वाचन आउन पनि दुई वर्ष मात्रै बाँकी छ । तर पाँच महिना पर्खेर पार्टी अध्यक्ष र दुई वर्ष पर्खेर प्रधानमन्त्री हुने धैर्यता नराख्नाले नेकपाकै कतिपय नेताहरुलाई आफ्ना कार्यकर्ता र जनताप्रति विश्वास नभएको पुष्टि गरेको छ ।

त्यति मात्रै होईन, जसरी पनि अहिल्यै पार्टी र सत्ताको नेतृत्व हत्याउन चाहने जीजीविसा पाल्ने नेताहरुले आफ्नै पार्टीका लाखौं कार्यकर्ताको नेतृत्व गर्ने नैतिकता कसरी राख्दछन् भन्ने गम्भीर प्रश्न पनि उठेको छ । त्यसैले, नेतृत्वका लागि पछिल्लो चरणमा पार्टी भित्र शुरु भएका गुटगत गतिविधिले आसन्न नेकपा सचिवालय बैठक दुर्घटना उन्मुख हुने त होइन भन्ने खतरा बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);