सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई

काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले तत्काल रोजगारीको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । बुधवार बसेको प्रतिनिधि  सभा बैठकमा बोल्दै उहाँले सरकारको ध्यान त्यस दिशातर्फ केन्द्रित गराउनु भएको हो । सडकपेटीमा बसेर गुजारा गर्दै आएका दृष्टिविहिन नागरिकहरुलाई सरकारले धरपक्कड गरेर हटाउन थालेपछि दृष्टिविहिन नागरिकहरुले रोजगारीको माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा धर्नासहितको विरोध प्रर्दशन गरेको दुई हप्ता बढी वितिसक्दा पनि सरकारले त्यतातर्फ ध्यान दिएको छैन ।

अध्यक्ष राईले उनीहरुले गर्नसक्ने काम दिएर उनीहरुको रोजगारी पाउने संवैधानिक हकको सम्बोधन गर्न सरकारलाई सचेत गराउनु भयो ।त्यस अवसरमा अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिनुभएको राष्ट्रघाती अभिव्यक्ति सच्याउनका लागि रुलिङ गर्न पनि सभामुख डोलप्रसाद अर्याललाई दवाव दिनुभयो ।

Leave a Reply