शङ्खधर साख्वा र पद्मरत्न तुलाधरको शालिक अनावरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

शङ्खधर साख्वा र पद्मरत्न तुलाधरको शालिक अनावरण

काठमाडौं, ६ मंसिर । नेपाल संवतका प्रर्वतक शङ्खधर साख्वा र मानव अधिकार अभियानता एवंम वामपन्थी नेता पद्मरत्न तुलाधरको शालिक शनिबार अनावरण गरीएको छ । काठमाडौं महानगरपालिकाले साख्वा र तुलाधरको शालिक रानीपोखरी नजीकै रहेको शङ्खधर उद्यानमा निर्माण गरेको हो ।

शनिबार सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आथित्यमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शंङ्खधर अद्यानमा साख्वाः र तुलाधर दुबैको शालिक अनावरण गर्नुभयो । शालिकमा मन्त्री श्रेष्ठलगायतले माल्यार्पण गर्नुभयो ।

साख्वा नेपाल संवतका प्रवर्तक र राष्ट्रिय विभूति समेत हुनुहुन्छ । ०५६ साल मंसिर ३ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।

वामपन्थी राजनीतिज्ञ तथा मानवअधिकार बादी अभियान्ता तुलाधरले वि.सं. २०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकै ठाउँमा ल्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएको थियो । विद्रोही माओबादीलाई शान्ती प्रक्रीयामा ल्याउन पनि तुलाधारको भुमिका उल्लेखनीय थियो ।

कार्यक्रममा सहरी विकाश राज्यमन्त्री रामविर मानन्धर, बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाल र काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्कीको पनि उपस्थती थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);