काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपिएल) का तेस्रो संस्करणअन्तर्गत बुधवार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिष्पर्धा हुँदैछ । पोखराले सिजनको पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको छ । पोखरा सिजनको पहिलो खेलमा विजयी शुरुवात गर्न चाहन्छ भने सुदूरपश्चिम दोस्रो खेलमा जित निकाल्ने लक्ष्यमा रहेको छ ।





