पुरुष फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

पुरुष फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

पोखरा। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब बीच प्रतिश्पर्धा हुने भएको छ । मंगलबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । यता एपीएफले सुदुरपश्चिमलाई ५–१ को गोल अन्तरले पराजीत गरेर फाइनल यात्रा तय गरेको छ ।गण्डकी र आर्मीबीचको खेलमा परिवर्तित खेलाडी सुदिल राईले निर्णायक गोल गरे । आर्मी समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । दोस्रो सेमिफाइनल खेलमा एपीएफ र सुदुरपश्चिमले पहिलो हाफ १–१ गोलको बराबरी खेलेपनि दोस्रो हाफमा सुदूरपश्चिम सम्हालिन नसक्दा पराजित भयो । एपीएफको जितमा प्रदिप लामाले २, नविन लामाले १, विकु तामाङले १ तथा हरि कार्कीले १ गोल गरे । सुदुरपश्चिमका लागि कुवेर सिंहले सान्त्वना गोल फर्काए । एपीएफ समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते बिहीबार पोखरा रंगशाला स्थित फुटबल मैदानमा हुनेछ । बिहीबार नै तेस्रो स्थानका लागि गण्डकी र सुदुरपश्चिमबीच पहिलो खेल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);