दैलेखी युथ कप प्रतियोगिता सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दैलेखी युथ कप प्रतियोगिता सुरु

दैलेख । स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मूल नारासहित दैलेखमा दैलेखी युथ कप खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ । लामो समयदेखि खेलकुद महोत्सव सञ्चालन गर्दै आएको दैलेखी युथले यसपटक जिल्लास्तरीय खुल्ला दैलेखी युथकप फुटसल र व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको हो ।

४ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका दशवटा फुटसल समूहहरू प्रतिस्पर्धामा सहभागी छन् । व्याटमिन्टनतर्फ दुई दर्जन सेट सहभागी हुने प्रतियोगिताको संयोजक मनोज भण्डारीले बताए । फुटसलका खेलहरू स्थानीय खुला मञ्च टुँडिखेलमा सञ्चालन भएको छ । व्याटमिन्टन तर्फका खेलहरू कभर्डहलमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

फुटसलतर्फ प्रथम हुनेले ३० हजार र दोस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्याटमिन्टनतर्फ प्रथम पुरस्कार १५ हजार र दोस्रो हुनेले सात हजार नगद पुरस्कार प्रप्त गर्ने छन् । प्रतियोगिताका लागि नारायण नगरपालिका-१ वडा कार्यालयले मुख्य प्रायोजन गरेको छ भने सहप्रायोजन चामुण्डाबिन्द्रासैनी नगरपालिका र प्रायोजन तरुण मिडिया प्रालिको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);