आरबीबीएल तेस्रो फुटसल प्रतियोगिता भोलिदेखि | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

आरबीबीएल तेस्रो फुटसल प्रतियोगिता भोलिदेखि

काठमाडौं,२ चैत्र । कर्मचारी खेलकुद प्रतिष्ठान नेपालको आयोजनमा हुने आरबीबीएल तेस्रो फुटसल प्रतियोगिता चैत ३ गतेदेखि ५ गतेसम्म हुने भएको छ । बिहिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा आयोजकले जानकारी दिएको हो । प्रतियोगिता १८ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको खेलहरू चैत्य फुटसल रिकृयसन सेन्टर सोल्टी मोडमा हुनेछ । यस्तै प्रतियोगिताको लागि राष्ट्रिय बाणिज्य बैंक लिमिटेड प्रायोजकको रुपमा रहेको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने २० हजार ट्रफी मेडल प्राप्त गर्नेछ । सर्वाधिक गोलकर्ता, गोलकिपर उत्कृष्ट, फियर प्ले टिमलाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।

६ लाख १५ हजार प्रतियोगिताको अनुमानित बजेट छ भने खेलमा सहभागि टिमलाई २० हजार प्रवेश शुल्क लाग्नेसमेत आयोजकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);