फुटसल प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकालाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

फुटसल प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकालाई

लमजुङ। लमजुङमा सञ्चालन गरिएको पहिलो फुटसल प्रतियोगिताकाे उपाधि बेसीसहर नगरपालिकाले जितेको छ । संघ, प्रदेश र स्थानीय तहबीचको प्रथम फुटसल प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले जितेको हो  ।

पहिलो उपाधिका साथ नगरपालिका टिमले  टिमले २६ हजार बारबरका खसी ट्रफी, मेडल र प्रमाणपत्र पाएको  छ  । प्रतियोगिता सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल(सिडेन)ले आयोजना गरेको हो । प्रतियोगितामा तनहुँ, लमजुङ र गोरखाका गरी कुल १० टिमले भाग लिएका थिए । प्रतियोगिताको फाइनल खेल बेसीसहर नगरपालिकाको टिम र बैंकर्स टिम लमजुङका बीचमा भएको थियो । प्रतियोगिताको फाइनल खेलमा शून्यका विरुद्धमा १० गोल गर्दै बेसीसहर टिम पहिलो भएको हो ।  बेसीसहरले पहिलो हाफमा पाँच र दोस्रो हाफमा पाँच गोल गरी १० गोलसहित जित हासिल गरेको हो । प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि विजेता टिमका ईश्वर अधिकारीले पाएका छ्न् । प्रतियोगितामा अनुशासित टिममा पूर्वाधार विकास कार्यालय लमजुङको टिम छनाेट भएको छ भने बेस्ट किपरमा सिडेन तनहुँका खेलाडी अभिशेक बरालले उपाधि पाएका छन् । त्यस्तै, उत्कृष्ठ खेलाडीमा द्वितीय हुने बैंकर्स टिमका गरिमा विकास बैंक बेसीसहर शाखाका प्रमुख  सुरेश थापा छ्न् । खेलाडी सबैलाई सिडेन कास्कीका सदस्य अनुप शेरचनले एक-एक हजार रुपैयाँ पुरस्कार प्रदान  गरेका थिए । प्रतियोगितामा अनुशासित टिमलाई बेसीसहर मोडल हस्पिटलले तीन हजार रुपैयाँ नगद पुरस्कार प्रायोजन गरेको थियो।

प्रतियोगितामा विजयीलाई नेपाली कांग्रेसका निवर्तमान सभापति भेषबहादुर पौडेल, सिडेन नेपालका निवर्तमान उपाध्यक्ष लक्ष्मण केसी,  कांग्रेस गण्डकी प्रदेशको संगठन विभागका प्रमुख हरिप्रसाद बरालले संयुक्त रूपमा पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए।विजेता खेलाडीलाई २६ हजार रुपैयाँ बराबरको खसी तथा दोस्रो हुने टिमलाई १७ हजार रुपैयाँ बराबरको बोका, ट्रफी तथा मेडल र प्रमाणपत्र दिइएको सिडेनका जिल्ला अध्यक्ष इन्जिनियर दिपेन्द्र रावलले बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);