यू-१९ क्रिकेटः भुटानविरुद्ध नेपाल बलिङ गर्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर २३ २०७९, शुक्रबार

यू-१९ क्रिकेटः भुटानविरुद्ध नेपाल बलिङ गर्दै

काठमाडौं। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ ।

मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ ।

नेपाल पहिलो खेलमा कतारविरुद्ध ७९ रनले विजयी भएको थियो भने यूएईसँग १० विकेटले पराजित भएको थियो ।

Leave a Reply