कामना सम्मिलित पुलिसको चौथो जित | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०७९, आइतबार

कामना सम्मिलित पुलिसको चौथो जित

काठमाडौं। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी ओपन स्पाइकर कामना विष्टसम्मिलित माल्दिभ्स पुलिसले भलिबल एसोसिएसन कप २०२२ मा आफ्नो अपराजित यात्रा चौथो खेलमा पुर्‍याएको छ ।

शनिबार राति भएको खेल माल्दिभ्स पुलिसले योङ न्यु जेनेरेसन क्लबलाई ३–१ को सेटमा पराजित गर्‍याे । पहिलो सेट पुलिसले २५–१८ ले जित्दा दोस्रो सेट १८–२५ ले गुमायो । तेस्रो सेट २५–१४ ले जित्दा चौथो सेट २५–६ ले आफ्नो पक्षमा पार्‍याे। यसअघि माल्दिभ्स पुलिसले पहिलो खेल क्लब इगल्स, दोस्रो खेलमा धिवेही सिफान्जी क्लब र तेस्रो खेलमा क्लब हाल्फलाईन लिंकेजलाई पराजित गरेको थियो ।हाल माल्दिभ्समा जारी प्रतियोगितामा नेपालका अर्की स्पाइकर उषा भण्डारीसमेत खेलिरहेकी छिन् । उषा सिफान्जी क्लबमा अनुबन्धित छिन् । दुबै खेलाडी पहिलो पटक विदेशी लिग खेल्दैछन्।

शनिबार नै भएको खेलमा उषाको टिम सिफान्जी क्लब इगल्ससँग ३-२ को सेटमा पराजित भयो ।

Leave a Reply