एनभिए लिगको महिलातर्फ फाइनलमा न्यु डायमण्ड र पुलिस भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८३, आइतबार

एनभिए लिगको महिलातर्फ फाइनलमा न्यु डायमण्ड र पुलिस भिड्ने

काठमाडौं । 

एक खेलअगावै नेपाल पुलिस क्लव जारी प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा महिलातर्पm शिर्ष दुई स्थानमा रहँदै फाइनलमा पुगेको छ ।त्रिपुरेश्वरमा बुधबारको खेलमा नेपाल पुलिस क्लव विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि ३–१ को सेटमा जित निकाल्दै चौथो खेलसम्म अपराजित रह्यो । शिर्ष दुई स्थानमा रहेर फाइनलमा पुग्न पुलिसलाई एक अंक र एपिएफसँग जितको विकल्प थिएन । पहिलो सेट आफ्नो बनाउँदै एपिएफले चुनौती दिए पनि जित निकाल्न असफल भयो । यससँगै चौथो खेलसम्म अपराजित पुलिस एक खेलअगावै फाइनलमा पुग्यो । अब पुलिसले उपाधिका लागि आगामी वैशाख १९ गते न्यु डायमण्ड स्पोट्र्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नै यी दुईबीच लिगको अन्तिम खेलमा बिहीवार नै प्रतिष्पर्धा हुनेछ । यो खेलको विजेता अपराजित रहँदै उपाधि भिडन्तका लागि पुग्नेछ । न्यु डायमण्ड भने मंगलबार नै चार खेलसम्म अपराजित रहँदै फाइनलमा पुगेको हो ।

कुल ६ क्लब सहभागी महिलातर्पm लिगको शीर्ष दुुई स्थानमा रहने टोली फाइनलमा पुग्ने प्रावधान छ । न्यु डायमण्ड र पुलिसले लिगको एक खेलअगावै शिर्ष दुई स्थान पक्का गरेका हुन् । एपिएफसँग जित्नैपर्ने खेलमा पुलिसको सुरुआत राम्रो हुन सकेन । पहिलो सेट पुलिसले २५–२१ ले गुमायो । तर दोस्रो सेट पुलिसले २५–१९ ले आफ्नो बनाउँदै पुनरागमनको संकेत गर्यो ।तेस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो । तर यो सेट पुलिसले नै २९–२७ ले बाजी मा¥यो । सेटमा २–१ ले पछि परे पनि एपिएफले हार मानेन् । चौथो सेटमा एपिएफले चुनौती दिए पनि पुलिसले २५–२१ ले आफ्नो बनाउँदै जित निकाल्यो ।महिलातर्फ नै भएको खेलमा एभरेस्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा जित निकाल्यो । एभरेस्टले लिगमा दोस्रोपल्ट विभागीय टोलीमाथि जित आत्मसात् गरेको थियो । यसअघि एभरेस्ट एपिएफलाई ३–१ ले पनि हराएको थियो ।

भारतीय खेलाडीको साथ पाएको एभरेस्टले आर्मीविरुद्ध पहिलो सेट गुमाए पनि सफलता पाएको हो ।पहिलो सेटमा आर्मीले २५–२० ले आफ्नो पक्षमा राख्यो । यसपछि भने एभरेस्ट आर्मीमाथि हाबी भयो । एभरेस्टले दोस्रो सेट २५–१५, तेस्रो सेट २५–१४ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा राख्यो । पुरुषतर्पm भने एपिएफले बुढानीलकण्ठ भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । एपिएफले बुढानीलकण्ठलाई २५–२३, २५–२२ र २५–२१ ले हराउन सफल भयो । शीर्ष दुईमा रहेर फाइनलमा पुग्ने दुई दाबेदारको भिडन्तमा हेल्प नेपाल स्पोटर््स क्लबले रुकुम पश्चिम भलिबल केन्द्रलाई ३–० को सोझो सेटमा हरायो ।

यससँगै हेल्प नेपाल पाँचौं खेलमा अपराजित रह्यो । रुकुम पश्चिमको भने पाँचौं खेलमा अपराजित यात्रामाथि पूर्णविराम लाग्यो । यो जितसँगै हेल्प नेपालले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । पाँच खेलसम्म अपराजित नेपाल पुलिसको सम्भावना पनि बलियो छ । रुकुम पश्चिमले फाइनलमा पुग्न भने बाँकी दुई खेलमा जित निकाल्नु पर्ने हुन्छ । हेल्प नेपालले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले हरायो ।

Leave a Reply