महिला फुटवल: एपिएफ र न्यू डायमण्ड फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

महिला फुटवल: एपिएफ र न्यू डायमण्ड फाइनलमा प्रवेश

vellyball

काठमाडौं, १४ चैत । आयोजक एपिएफ क्लव र न्यु डाइमण्ड एकेडेमी सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

बिहिवार हल्चोकस्थित एपिएफको कोर्टमा भएको सेमीफाइनलमा एपिएफले अर्को बिभागिय टिम नेपाल पुलिसलाई तीन एकको सेटले हराउदै फाइलनमा स्थान बनायो । पहिलो र दोस्रो सेट २५–२३ र २५–१७ को स्कोरले एपिएफले जिते पनि तेस्रो सेटमा तालमेल बिग्रदा १८–२५ को स्कोरले एपिएफ पुलिससंग सेट गुमाउन पुग्यो । चौथो सेटमा पुनः खेलमा पर्कदा एपिएफले पुलिसलाई २५–१२ को स्कोरले हराएर फाइनलको यात्रा पक्का गर्याे ।

त्यसैगरी बिहिवार नै भएको अर्को खेलमा न्यु डायमण्ड एकेडेमीले बिभागिय टिम त्रिभुवन आर्मीलाई तीन एककै सेटमा हरायो । न्यु डायमण्डले पहिलो सेटमा २५–२३ ले जित निकाले पनि दोस्रो सेट २३–२५ ले गुमायो । तर तेस्रो र चौथो सेटमा खेलमा फर्किदै २–२१ र २५–२० ले जित्दै फाइनलमा पुग्न सफल भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);