काठमाडौं, १३ चैत । आयोजक एपिएफ क्लव र न्युडाइमण्ड एकेडेमी सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय महिला भलिवल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको कोर्टमा बुधवार भएको खेलमा न्यु डायमण्डले जाउलाखेल प्रशिक्षण केन्द्रलाई तीन शुन्यको सोझो सेटमा पराजित गर्यो । डाइमण्डले जाउलाखेलाई २५–१०, २५–५ र २५–७ स्कोरले पाखा लगायो ।
त्यसैगरी बुधवार नै भएको अर्को खेलमा आयोजक एपिएफले ढोरपाटन भलिबल ट्रेनिङ्ग सेन्टर माथि तीन शुन्य सेटको सहज जीत हात पार्यो । ढोरपाटनलाई एपीएफले २५–१, २५–१०, २५–२ को सेटमा हरायो ।
न्युडाइमण्ड र एपिएफले लगातार दुई खेलमा जित हातपार्दै समान ६/६ अंक बनाएका छन् । लगातार दोस्रो हार बेहोरेको जाउलाखेल र ढोरपाटन भने अंकको खाता नै नखोली प्रतियोगिता बाट बाहिरिएका छन् ।




