एपीएफलाई हराउँदै आयोजक न्यू डायमण्डले जित्यो उपाधि | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

एपीएफलाई हराउँदै आयोजक न्यू डायमण्डले जित्यो उपाधि

फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ ४–१ ले पाराजित 

 उपाधिसँगै न्यू डायमण्डले १ लाख ५१ हजार नगद पुरस्कार पायाे –

काठमाडाैं, २३ माघ । प्रथम शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक न्यू डायमण्ड एकेडेमीले जितेको छ ।

नयाँबसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा आज भएको फाइनल खेलमा विभागीय टोली एपीएफलाई ४–१ को सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो । पहिलो सेट एपिएफले २६–२४ ले आफ्नो पक्षमा परे पनि निरन्तरता दिन सकेन ।

अन्ततः न्यु डायमण्डले २५–२३, २८–२६ र २५–२३ को जित निकाल्दै उपाधि हात पार्यो । उपाधिसँगै न्यू डायमण्डले १ लाख ५१ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । दोस्रो भएको एपिएफले १ लाख १ हजारमा चित्त बुझायो ।

तेस्रो स्थानको लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले टप्स स्कुल पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्यो । जितसँगै आर्मीले ५१ हजार र चौथो भएको टप्स स्कुलले २१ हजार प्राप्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);