मिक्लाजुङ्ग भलिबल प्रतियोगिताको उपाधि आयोजकलाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मिक्लाजुङ्ग भलिबल प्रतियोगिताको उपाधि आयोजकलाइ

झापा, २८ माघ । मोरङ्गको मधुमल्लामा सम्पन्न प्रथम मिक्लाजुङ्ग खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक मिक्लाजुङ्ग युवा समुहले जितेको छ । मंगलबार सम्पन्न फाईनल खेलमा बिमान ट्रेडर्स बिर्तामोडलाई संघर्षपूर्ण खेलमा पराजित गर्दै आयोजक मिक्लाजुङ्ग युवा समुहले उपाधि कब्जा गरेको हो ।

उसले बिमान ट्रेडर्सलाई २६–२४, २५–२१, २३–२५ र २५–२३ ले पराजित गर्दै उपाधि जितेको हो । पश्चिमेली खेलाडीहरुको सेटलाई मैदान उतारेको आयोजकले पहिलो र दोश्रो सेट लगातार जितेको थियो भने तेश्रो सेट गुमाएको थियो ।

तेश्रो सेटमा बिमान ट्रेडर्सका कप्तान बिमान खड्काले उत्कृष्ट प्रदर्शन गरेपछि उसले जित निकालेको थियो । तर चौथो सेटमा भने आयोजकका नबिन महतो र मिलनचन्द ठकुरी पुनः चम्किएपछि बिमान टेडर्समाथी २५–२३ को जित निकाल्दै आयोजकले उपाधि जितेको थियो ।

सो जितसँगै आयोजकले नगद एक लाख एक हजार हात पार्यो । उप–विजेता बिमान ट्रेडर्सले नगद ५० हजार पचास प्राप्त गर्यो । फाईनल खेलको म्यान अफ दि म्याच बिमान ट्रेडर्सका कप्तान बिमान खड्का घोषित भए ।

त्यस्तै बेष्ट सटरको उपाधि विजेता टिमका मिलनचन्द ठकुरी घोषित भए । बेष्ट लिब्रोको उपाधि उप–विजेता बिमानका गणेश कट्वालले पाउँदा म्यान अफ दि सिरीजको उपाधि आयोजकका नबिन महतोले हात पारे ।

प्रतियोगिताको विजेता तथा उप–विजेताहरुलाई प्रमुख अतिथि मिक्लाजुङ्ग गाउँपालिकाका प्रमुख देवी प्रसाद आचार्य, उप–प्रमुख सरला राई, खेल संयोजक सुरेन थापा लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो । मनोहर जनता माविको खेल मैदानमा सम्पन्न प्रतियोगितामा एपीएफसहित १२ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);