युभेन्टस कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

युभेन्टस कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश

एजेन्सी, २८ माघ । युभेन्टस कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो खेलमा इन्टर मिलानलाई स्तब्ध पार्दैे युभेन्टसले फाइनलमा स्थान बनाएको हो ।

युभेन्टस घरेलु मैदानमा इन्टर मिलानसँग गोलरहित बराबरीमा रोकियो । तर पहिलो लेगमा २–१ ले विजयी भएकाले समग्रमा सोही अन्तरको जित दर्ता गरि युभेन्टसले फाइनलमा स्थान पक्का गरेको हो ।

युभेन्टसका रोनाल्डोले दुई पटक गोल गर्ने प्रयास गरेका थिए तर गोलरक्षक समिर हान्डोनोविकले सुन्दर बचाउ गरे ।

उपाधिका लागि युभेन्टसले एट्लान्टा र नापोलीबिचको विजेतासँग खेल्ने छ । गत सिजनको फाइनलमा नापोलीले युभेन्टसलाई ४–२ ले पराजित गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);