युभेन्टस् च्याम्पियन्स लिगको फाइनलमा, मोनाको २–१  ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

युभेन्टस् च्याम्पियन्स लिगको फाइनलमा, मोनाको २–१  ले पराजित

इटालियन क्लब युभेन्टस् च्याम्पियन्स लिग फुटबलको फाइनलमा, दोस्रो लेगमा मोनाकोमाथि २—१ को जीत दर्ता

युभेन्टस् च्याम्पियन्स लिगको फाइनलमा

कठमाडौं । युभेन्टस् च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा मोनाकोलाई २—१ ले हराउँदै युभेन्ट्ससमग्रमा ४—१ को जितसहित फाइनलमा प्रवेश गरेको हो ।

युभेन्ट्सले पहिलो लेगमा पनि मोनाकोलाई उसकै घरेलु मैदानमा २—० ले हराएको थियो । युभेन्टस पछिल्लो तीन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा इटालियन क्लब युभेन्टस्लाई जिताउन मारिओ मान्जुकी र डानी एल्भेसले पहिलो हाफमा गोल गरे ।

मोनाकोका लागि केलिएन एमबाप्पेले दोस्रो हाफमा एक गोल फर्काए । युभेन्टसले पछिल्लो पटक सन् १९९६ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।युभेन्टसले आगामी जुन ३ मा हुने फाइनलमा रियल मड्रिड वा एथ्लेटिको मड्रिडसँग खेल्ने छ ।

रियल र एथ्लेटिको मड्रिडबीचको दोस्रो सेमिफाइनल लेग आज राति हुँदै छ । पहिलो लेगमा भने रियल मड्रिड ३—० ले विजयी भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);