च्याम्पियन्स लिग : रियलद्वारा युभेन्टस र बार्यनद्वारा सेमिल्ला पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

च्याम्पियन्स लिग : रियलद्वारा युभेन्टस र बार्यनद्वारा सेमिल्ला पराजित

ronaldo

एजेन्सी , २१ चैत । युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब युभेन्टसलाई ३–० ले पराजित गरेको छ ।  युभेन्टसको घरेलु मैदान एलिनाज स्टेडियममा बुधबार बिहान भएको खेलमा रियलले सहज जित निकालेको हो ।

रियल म्याड्रिडको जितमा क्रिष्टियानो रोनाल्डोले दुई तथा मार्सेलोले एक गोल गरे । रोनाल्डोले खेलको तीन र ६४ औं मिनेटमा गोल गरेका थिए । रोनाल्डोले च्याम्पियन्स लिगकै उत्कृष्ट गोल गरे । बाइसाइकल किक मार्फत् रोनाल्डोले गरेको ओभरहेड किकमार्फतको गोल च्याम्पियन्स लिगकै उत्कृष्ट गोलमा परेको छ ।

यस्तै मार्सेलोले खेलको ७२ औं मिनेटमा गोल गरे । विपक्षी खेलाडीमाथि फल गरेपछि युभेन्टसका डिबालाले खेलको ६६ औं मिनेटमा रातो कार्ड पाए । दश खेलाडीमा सिमित भएको युभेन्टसले खेलमा फर्कन सकेन र पहिलो लेग ३–० ले पराजित भयो ।

यस्तै अर्को खेलमा स्पेनिस क्लब सेभिल्लालाई जर्मन क्लब बार्यन म्युनिखले २–१ ले पराजित गर्‍यो । खेलमा शुरुवाती अग्रता भने घरेलु टोली सेभिल्लाले नै लिएको थियो । ३२ औं मिनेटमा पाब्लो साराबियाले गोल गर्दै सेभिल्लालाई शुरुवाती अग्रता दिलाएका थिए ।

तर, ३७ औं मिनेटमा विपक्षी खेलाडीको प्रहार बचाउन खोज्दा जेसस नाभासले आफ्नै पोष्टमा गोल गरेपछि पहिलो हाफमा खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको ६८ औं मिनेटमा थिएगो अलकान्तराले गोल गरेपछि बायर्नले पहिलो लेगमा २–१ को लिन सफल भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);