च्याम्पियन्स लिग : रोनाल्डोलार्इ रातो कार्ड, म्यान्चेस्टर युनाईटेडको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

च्याम्पियन्स लिग : रोनाल्डोलार्इ रातो कार्ड, म्यान्चेस्टर युनाईटेडको जित

ronaldo

एजेन्सी, ४ असोज । युरोपियन च्याम्पियन्स लिग फुटबलकोे पहिलो डेब्यू खेलमै क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएका छन् । आज बिहान सकिएको खेलमा रोनाल्डोको टिम युभेन्टसले भ्यालेन्सियालाई २–० ले हराए पनि स्टार खेलाडी रोनाल्डोले रातो कार्ड खाए ।

खेलको २९ औं मिनेटमा रोनाल्डोले खेलमा पहिलो हाफको मध्य तिर बल नियन्त्रणमा लिने क्रममा भ्यालेन्सियाका डिफेन्डर जिएसन मुरिलोको कपाल तानेको देखिएको थियो । भ्यालेन्सियाका डिफेन्डर मुरिलो लडेका थिए । त्यसपछि रोनाल्डोले रातो कार्ड पाए ।

रातो कार्ड खाँदै रोनाल्डो मैदानबाट बाहिरिए पछि युभेन्टस १० खेलाडीमा सिमिति भएको थियो । तर भ्यालेन्सियाविरुद्ध १० खेलाडी भए पनि युभेन्टस नै हावी देखियो । युभेन्टसले दुवै गोल पेनाल्टी मार्फत गरेको हो ।

मिरलेम पेजेनिकले ४५औं तथा ५१औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् । पेजेनिक च्याम्पियन्स लिगमा एउटै खेलमा दुई पेनाल्टी प्रहार गर्नेे खेलाडी पनि बनेका छन् । रियल मड्रिका लागि यसअघि क्रिष्टियानो रोनाल्डोले सन् २०१५ मा एकै पटक दुई वटा पेनाल्टीमा गोल गरेका थिए ।

यही समूहको अर्को खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडले स्विट्जरल्याण्डको योङ ब्वाईज एफसीलाई ३–० ले पराजित गरेको छ । युनाइटेडको जितमा पोउल पोग्बाले २ तथा एन्थोनी मार्सेलले एक गोल गरेका थिए ।

paul pogba

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);