फिफा वरीयतामा नेपाल एक स्थान माथि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

फिफा वरीयतामा नेपाल एक स्थान माथि

काठमाडौं, ४ असोज । गत महिना १ सय ६१ आैँ स्थानमा रहेको नेपाल फिफा वरीयतामा एक स्थान माथि उक्लिएको छ । बिहीबार फिफाले सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान माथि उक्लँँदै १ सय ६० औं स्थानमा पुगेको हो ।

बंगलादेशमा सम्पन्न साफ च्याम्पीयनसिपमा उत्कृष्ट पुनरागमन सहित सेमिफाइनलमा पुगेको नेपालको १ स्थान सुधार भएको हो । दक्षिण एसिया अन्तर्गत भारत ९७ स्थानसहित शीर्ष स्थानमा छ ।

माल्दिभ्स १ सय ५१ स्थानसहित दोस्रो स्थानमा छ भने नेपाल तेस्रो तथा नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन् ।

साफ च्याम्पीयनसिपमा समूह चरणमा नेपाललाई हराएको पाकिस्तान १ सय ९९ औं स्थानमा छ भने बंगलादेश १ सय ९३ स्थानमा छ ।

यस्तै भुटान १ सय ८८ स्थानमा रहँदा श्रीलंका पनि १ सय ९९ औं स्थानमा छ । विश्वकप विजेता फ्रान्स र बेल्जियम संयुक्तरुपमा फिफा वरीयताको शीर्ष स्थानमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);