विश्व महिला फुटबल वरियतामा नेपालको स्थान यथावत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विश्व महिला फुटबल वरियतामा नेपालको स्थान यथावत

womens football team

काठमाडौं, ३१ साउन । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला फुटबल वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल महिला फुटबलमा यथावत रहदै ९९ औं स्थानमा रहन सफल भएको हो ।

अघिल्लो पटकको वरीयतामा समेत नेपाल ९९ औं स्थानमै रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ ।यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल दोस्रो स्थानमा रहेको छ ।

नेपाल भन्दा अघि रहेको भारत ५५ औं स्थानमा रहेको छ । दक्षिण एसियाली राष्ट्रमा बंगलादेश १ सय ३४ औं स्थान, श्रीलंका १ सय ४० औं स्थान, माल्दिभ्स १ सय ४२ औं र भुटान १ सय ५४ औं स्थानमा रहेका छन् ।

विश्व वरीयतामा अमेरिका पहिलो स्थानमा छ । यस्तै जर्मनी दोस्रो, फ्रान्स तेस्रो , नेदरल्यान्ड्स चौंथो र स्विडेन पाँचौं मा रहेका छन् । त्यस्तै इंग्ल्यान्ड छैठौं, अष्ट्रेलिया सातौं, ब्राजिल आठौं, क्यानडा नवौं र उत्तर कोरिया १० औं स्थानमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);