फिफा वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

फिफा वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय अन्तराष्ट्रिय फुटबल महासंघ फिफाको वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत रहेको हो ।

गत महिना पनि नेपाल १ सय ७१ औं स्थानमै रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १ सय ५ औं र माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेका छन ।

नेपाल भन्दा तल बंगलादेश, भुटान, श्रीलंका र पाकिस्तान रहेका छन् । बंगलादेश १ सय ८४ औं, भुटान १ सय ८७ औं, पाकिस्तान १ सय ९९ औं र श्रीलंका २ सय ४ औं स्थानमा रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, ब्राजिल तेस्रो , चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् । स्पेन छैटौं, इटाली सातौं, अर्जेन्टिना आठौं, उरुग्वे नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);