बार्सिलोनाद्वारा कप्तान तथा स्ट्राइकर मेस्सीलाई सम्झौता थप गर्न प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बार्सिलोनाद्वारा कप्तान तथा स्ट्राइकर मेस्सीलाई सम्झौता थप गर्न प्रस्ताव

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाद्वारा कप्तान तथा स्ट्राइकर लियोनल मेस्सीलाई सम्झौता थप गर्नका लागि प्रस्ताव गरेको छ ।

बार्सिलोनाले मेस्सीलाई औपचारिक रुपमा नवीकरणका लागि प्रस्ताव गरेको हो । तर, मेस्सीले बार्सिलोनालाई सम्झौताबारे कुनै प्रतिक्रिया नदिएको जनाइएको छ । मेस्सीलाई क्लबकै राख्ने बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले बताउँदै आएका छन् ।

उनले मुख्य एजेण्डा नै मेस्सी क्लबमै राख्ने रहेको छ । अर्जेन्टिनाका मेस्सीको बार्सिलोनासँगको सम्झौता आगामी जुन ३० बाट सकिदैछ । ३३ वर्षीय मेस्सी हाल अर्जेन्टिनामा रहेका छन् । घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिकाका लागि मेस्सी सिजनको अन्त्यसँगै अर्जेन्टिना पुगेका हुन् । पछिल्लो समय मेस्सी इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग समेत जोडिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);