लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्धित हुने लगभग निश्चित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्धित हुने लगभग निश्चित

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमा अनुबन्धित हुने लगभग पक्का भएको छ । मेस्सी पीएसजीसँग दुई वर्षे सम्झौताका लागि सहमत भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

पीएसजीले मेस्सीलाई २ वर्षको सम्झौता गर्न गरेको औपचारिक प्रस्तावमा सहमति भएको बताइएको छ । पीएसजीले मेस्सीलाई कर काटेर वार्षिक २करोड ५० लाख पाउण्डको प्रस्ताव गरेको बताईएको छ । ६ पटकको बालोन डी ओर विजेता मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् ।

३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । त्यसयता मेस्सी टिमको महत्वपूर्ण सदस्य रहदै आएका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरे । मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जिते । यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);