राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदै

काठमाडाैं । राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले १० दिनदेखि रोकिएको प्रशिक्षण आजबाट पोखरा रंगशालामा सुरु हुने भएको हो ।

प्रशिक्षणका लागि नेपाली टोलि पोखरा पुगिसकेको छ । प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्टलाई चोटको कारण पूर्ण फिट नभएकोले टिममा नराखिएको जनाइएको छ ।

उनीहरुको स्थानमा शिशिर लेखि र सेसेहाङ आङदेम्बे टिममा सामेल हुने एन्फाले जनाएको छ ।

यस्तै गोलकिपर विशाल सुनार पनि पोखराको प्रशिक्षणमा सहभागी हुने भएका छन् । साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ साफ च्याम्पियनसिप अघि नेपालले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);