राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आइतबारबाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आइतबारबाट

काठमाडौं, २७ मंसिर । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आइतबारबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोटको तयारी स्वरुप राष्ट्रिय टिमको प्रशिक्षण आईतबारबाट सुरु गर्न लागेको हो ।

एन्फाले यसअघिनै ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईसकेको छ । बन्द प्रशिक्षणबाट दुई वटा टिम बनाउने एन्फाको योजना छ । एन्फाले पुराना र नयाँ खेलाडीलाई समावेश गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो । प्रारम्भिक टोलीमा पूर्व कप्तान विराज महर्जनदेखि कारबाहीमा परेका विमल घर्तिमगर सहितका खेलाडी समावेश छन् ।

नेपाली टिमलाई कार्यवहाक प्रशिक्षकको रुपमा बालगोपाल महर्जनले नेतृत्व गर्नेछन् । मुख्य प्रशिक्षक योहान कालिनले नेपाली टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएसंगै एन्फाले महर्जनलाई कार्यवहाक प्रशिक्षक तोकेको हो ।

एन्फाले विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न उपाध्यक्ष उपेन्द्रमान सिंहलाई संयोजक तोकेको छ भने स्थानीय संयोजक विजय घलेलाई जिम्मेवारी दिएको छ । प्रतियोगिताको सुरक्षाको कमाण्ड दिनेश व्यन्जनकारले सम्हाल्नेछन् ।

शुक्रबार मात्र एसियाली फुटबल महासंघ एएफसीले विश्वकप छनोटको बाँकी खेलको तालिका सार्वजनीक गरेको थियो । नयाँ तालिका अनुसार नेपालले चैत १२ गते चाईनिज ताईपेसंग, चैत १७ गते अष्ट्रेलियासंग र जेठ २४ गते जोर्डनसंग खेल्नेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);