नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ ।

नेपाली टोलीले आइतबारबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बन्द प्रशिक्षण सुरु गरेको हो । खेलाडीमा कोरोना संक्रमण देखिएपछि रोकिएको बन्द प्रशिक्षण सूचारु गरिएको एन्फाले जनाएको छ ।

अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक रहेको बन्द प्रशिक्षणका लागि ५० खेलाडी सहभागि रहने बताइएको छ । साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाइएको हो ।

बन्द प्रशिक्षणमा अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार,दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, निशान खड्का, रवी पासवान, रोहित चन्द लगाएतका रहेका छन् ।

Leave a Reply

ताजा समाचार