एशियन फुटबल महासंघद्वारा विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरु स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एशियन फुटबल महासंघद्वारा विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरु स्थगित

एजेन्सी । एशियन फुटबल महासंघले सन् २०२२ मा इन्डोनेसियामा १७ बर्षमुनिको तथा सन् २०२२ मा उज्वेकिस्तानमा हुने २० बर्षमुनिको महिला एशियन कप रद्द गरेको छ । एएफसीको कार्यसमितीको बैठकले दुबै प्रतियोगितालाई रद्द गर्ने निर्णय गरेको हो ।

युवा खेलाडीको स्वास्थ्य सावधानीका कारण दुबै प्रतियोगिता तोकिएको समयमा नगर्ने निर्णय गरेको एएफसीले बताएको छ । अब दुबै प्रतियोगिता सन् २०२४ मा मात्र हुनेछन् आयोजक देशको भने फेरबदल गरिएको छैन ।

यस्तै सन् २०२२ मा भारतमा हुने एएफसी महिला एशियन कपका लागि छनौट प्रतियोगिताको मिती पनि केहि खुकुलो बनाउने एएफसीले निर्णय गरेको छ । यसका लागि एएफसीले प्रतियोगिता खेल्ने देशलाई नै छनौटको मिती मिलाउन भनेको छ ।

यस्तै सन् २०२० मा कुवेतमा हुने एएफसी महिला फुटसल च्याम्पियनसिप र २०२१ मा हुने २० बर्ष मुनिको फुटसल च्याम्पियनसिप पनि रद्द गरिएको छ । कुवेतमा हुने एएफसी फुटबलको छनौटका मितीपनि परिवर्तन गरिएको छ ।

यसअघि २०२१ को अक्टोबर १३ बाट २५ सम्म हुने भनिएको प्रतियोगिता अब २०२२ को अप्रिल एकबाट १५ सम्म हुनेछन् । यस्तै अन्तिम प्रतियोगिता फेब्रेवरी १६ देखि २७ बाट सरेर सेप्टेम्बर २५ देखि अक्टोबर २० सम्म हुनेछन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);