महिला फुटबल रेफ्री अञ्जना एएफसी एलिटमा समावेश  | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

महिला फुटबल रेफ्री अञ्जना एएफसी एलिटमा समावेश 

काठमाडौं। महिला रेफ्री अञ्जना राई एसियाली फुटबल महासंघ एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश भएकी छिन् ।एएफसीले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाउँदै राईलाई एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरिएको जनाएको हो ।प्यानलमा समावेश भएसँगै राईलाई नोभेम्बरका लागि तय एएफसी एलिट रेफ्रीको तयारी कोर्सका लागि बोलाइएको छ ।राईले सन् २०२१ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेकी थिइन् । हाल नेपालबाट एक मात्रै महिला फिफा रेफ्री रहेकी छिन् । यस्तै फिफाले एसिस्टेन महिला रेफ्रीमा एक कोटा प्रदान गरेको छ ।

यता, पुरुष तर्फ भने १० फिफा रेफ्री रहेका छन् । जसमा ६ जना एसिस्टेन रेफ्री छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);