दश क्रिकेटरलाई जिम्बु थकालीको छात्रवृत्ति  | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

दश क्रिकेटरलाई जिम्बु थकालीको छात्रवृत्ति 

काठमाडौं।काठमाडौंमा सञ्चालनमा रहेको जिम्बु थकालीले १० युवा क्रिकेटरलाई छात्रवृत्ति प्रदान गरेको छ। राजधानी स्थित बालुवाटारमा रहेको क्रिकेट एक्स्लिसेन्स सेन्टरमा प्रशिक्षणरत १० युवा खेलाडीलाई थकालीले सहयोग गरेको हो । जिम्बु थकाली र क्रिकेट एक्सिलेन्स सेन्टरका बीच छात्रवृत्तिका सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर सम्मत भएको छ। एक्सिलेन्स सेन्टरका तर्फबाट संस्थापक तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र जिम्बु थकालीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रभु शरण थापा मगरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौता अनुरूप क्रिकेट एक्सिलेन्स सेन्टरमा प्रशिक्षणरत १० युवा खेलाडीहरूले जिम्बु थकालीको तर्फबाट एक वर्षको अवधिका लागि छात्रवृत्ति प्राप्त गरेका छन् ।

Leave a Reply

ताजा समाचार